Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – मलेसियामा जारी एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको पाँच विकेट लिइसकेको छ । नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट भने अर्को विकेट सागर पुनले लिएका थिए ।

खराब ब्याटिङ गरेको नेपाल ९५ रनमा अलआउट भएको थियो । मलेसियामा जारी एशिया कप छनोट अन्तर्गत नेपालले हङकङसँग खराब प्रदर्शन गर्दै  ३७.५ ओभर खेल्दै ९५ रनमा अलआउट भएको थियो । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपाललाई सुरुवातमा नै झट्का लाग्न पुग्यो। फाइनलमा स्थान बनाउने सम्भावना जिवितै राख्न ठूलो अन्तरले विपक्षीलाई हराउनुपर्ने बाध्यतामा रहेको नेपालले मात्र एक रन हुँदा पहिलो विकेट गुमाएको थियो । ओपनर सुवास खकुरले खाता खोल्न नपाउदै आउट भए ।

त्यसपछि नेपालले २३ रनमा अर्को विकेट गुमायो । कप्तान पारस खड्का मात्र १४ रनमा पेभेलियन फर्किए । नेपालको स्कोर ४४ रनका हुदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो । नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । ४८ रन बनाउँदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए । तर, लगत्तै दिपेन्द्र ऐरी मात्र २ रनमा आउट भएपछि नेपालको पारी धरापमा पर्‍यो । अहिलेसम्मकै कमजोर ब्याटिङ गरेको नेपालले ५५ रनमै छैठौं विकेट खेर फाल्यो । सागर पुन व्यक्तिगत ७ रनमा आउट भए। त्यसपछि नेपालको स्कोरबोर्डमा अरू तीन रन थपिँदा सातौं विकेट गयो । सोमपाल कामीले खाता खोल्न नपाई १२  बल खेलेर आउट भए ।

बसन्त रेग्मीसँग ३४ रनको साझेदारी गरेका आरिफ शेख २० रनको व्यक्तिगत स्कोरमा आउट भए । नेपालका लागि सर्वाधिक रन बनाएका उनले ५४ बल खेलेर २ चौका प्रहार गरेका थिए । नवौ नम्बरमा आएका सन्दिप लामिछानेले ४ बल खेल्दै २ रन बनाएर आउट भए । अन्तिममा आएका ललित नारायण राजबंशी खाता नखोल्दै आउट भए । नेपाललाई सस्तैमा रोक्न हङकङका इसान खानले सर्वाधिक ४ विकेट लिए । ७.५ ओभर बलिङ गरेका उनले १५ रन खर्चिएर एक मेडनसहित ४ विकेट लिएका हुन् । यस्तै मोहम्मद आइजाज खान र तनविर अफजालले २-२ विकेट लिए भने नाबिद अहमेद र इसान खानले १-१ विकेट लिए । हङकङका बलरहरूले ८ ओभर मेडन राखेका थिए ।

तपाईको प्रतिक्रिया