Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – एसिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले २९ औं ओभरमा ६ विकेट गुमाउँदै प्राप्त गरेको हो । नेपालका लागि अनिल शाहले ४३ तथा दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान दिए ।

सिंगापुरले नेपाललाई जितको लागि १ सय ५२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको सिंगापुर ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो । नेपालका लागि स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३-३ विकेट लिए । सिंगापुरका चेतन सूर्यवंशीले ६० रन जोडेका थिए ।

प्रतियोगिताको सुरुआती दुई खेलमा ओमान र यूएईसँग पराजित नेपालले शनिबार मलेसियालाई हराउँदै पहिलो जित दर्ता गरेको थियो । ओमान ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ भने हङकङ र यूएईले २–२ जित दर्ता गरेका छन् ।

तपाईको प्रतिक्रिया