Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले मलेसिया विरुद्ध प्रतिस्पर्धा गर्दैछ।  अघिल्ला दुई खेलमा पराजित नेपाल तेस्रो खेलमा मलेसियाविरुद्ध जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिएको छ ।

नेपाली समय अनुसार बिहान ७ः१५ बजेबाट सुरू हुने खेल पानी परेपछि आज ढिला शुरु भएको हो । एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली सुरूका दुई खेलमा पराजित भएपछि घरेलु टोलीलाई हराएर आफ्नो लक्ष्य जीवितै राख्न चाहन्छ।

लाइभ स्कोर हेर्नका लागि यहाँ क्लिक गर्नुस्-

एसिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई आज मलेसियाविरुद्ध कुनै पनि हालतमा जित्नै पर्ने दबाब छ। यदि पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप यात्रा टुंगिने छ।

अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको नेपाल अघिल्ला दुई मध्ये एकमा जित हात पारेको घरेलु टोलीसँग सामना गर्न लागेको छ। राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष दुई मध्येको विजेताले एसिया कपको टिकट काट्ने छ।

अघिल्ला दुई खेलको लगातार हारले नेपालको शीर्ष दुई सम्भावना कमजोर बनेको छ । यद्यपी नेपाललाई आफ्नो लक्ष्य प्राप्तिको सम्भावना कायम राख्न बाँकी तीन खेलमा शतप्रतिशत नतिजा निकाल्नुपर्ने भएको छ। र अरू खेल पनि आफू अनुकूल हुनुपर्छ।

घरेलु टोली मलेसियाविरुद्ध जित निकाल्न नेपाललाई सहज नभए पनि पहिलो खेलमै हङकङलाई हराएर आफूलाई दाबेदारी प्रस्तुत गरेको मलेसियासँगको पछिल्लो पाँच भेटमा नेपालले हार बेहोर्नु परेको छैन।

तपाईको प्रतिक्रिया