Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

टोकियो- गणतन्त्र नेपालको स्थापनापछि जापानको लागि पहिलो राजदूत भएर आउनुभएका डा. गणेश योञ्जन तामाङ चार बर्षे कार्यकाल पूरा गरेर गत शुक्रबार स्वदेश फ़र्कनुभएको छ ।

राजदूत डा. तामाङले आफ्नो कार्यकालभरि नेपाल र जापान दूवै देशमा राजनीतिक तरलताका कारण धेरैचोटी सत्ता परिबर्तन भएको असजिलो परिस्थितिमा काम गर्नुपरेको बताउनुभएको छ । यद्यपि जापानबाट नेपालका लागि हुने सहयोग, सद्भाव र अन्य कुनै पनि कुरामा कमी आउन नदिएको उहाँले बताउनुभएको छ । बिगत चार बर्षमा नेपालमा ५ जना र जापानमा ५ जना प्रधानमन्त्री परिबर्तन भएको त्यसरी नै निकटमा रहेर काम गर्नुपर्ने परराष्ट्रमन्त्री, अर्थमन्त्री लगायतका नेतृत्व परिबर्तन भईरहने गरेको र दूवै देशमा दैबीप्रकोपका दुखदायी घटनाहरु घटेको अवस्थामा आफुले काम गर्नुपरेता पनि दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आफुले सक्दो भूमिका निर्बाह गरेको बताउनुभएको छ ।

“मेरो कार्यकालको समग्र समिक्षा गर्दा म सन्तुष्ट छु, यहाँको नेपाली समुदायसंग निरन्तर निकटमा रहेर आपसी सहकार्य, सहयोग र सम्बन्ध स्थापित गर्दै उनीहरुका समस्या, गुनासा र सुझावहरु सुन्ने बुझ्ने र संभवभएसम्म समाधानका लागि पहल गर्ने मेरो प्रयास रह्यो’ – राजदूत डा. तामाङले भन्नुभयो – “यहाँको नेपाली समुदायबाट मैले पाएको सहयोग, सद्भावका लागि हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छु । बिगतमा जानेर नजानेर गल्ती, कमी, कमजोरीहरु पनि भएहोलान्, सबै नेपालीको चित्त बुझाउन सकिएन होला त्यसका लागि म दुख ब्यक्त गर्न चाहान्छु ।’

’बिशेषगरी गत मार्चको महाप्रलयकारी भूकम्प र सुनामीबाट पींडित जापानीहरुको उद्धारकार्यमा यहाँका नेपालीहरुले देखाएको सक्रियतालाई जापान सरकार र जापानी जनताले उच्च मूल्याङ्कन गरेका छन् । यसले गर्दा जापानीहरुको दृष्टिकोणमा नेपालीहरु मिहिनेती र इमान्दार र सहयोगी भावनाका हुन्छन भन्ने सकारात्मक प्रभाव परेको छ । यो छबिलाई कायमै राख्न नेपालीहरुले अझ राम्रा र उदाहरणीय कामहरु गर्दै जानुपर्दछ- राजदूत तामाङको भनाई थियो ।

“देशमा शान्ति र संबिधानपछि आर्थिक क्रान्तिको आवश्यक छ, यसका लागि हामी सबैले आ-आफ्नो ठाउँबाट सहयोगी भूमिका निर्बाह गर्नुपर्दछ । राजदूत भएर जापानमा सिकेका, जानेका र अनुभव गरेका कुरालाई नेपाल फर्केपछि मुलुकको हित हुने कार्यमा उपयोग गर्ने छु । चार बर्षको कार्यकाल पूरा गरी यहाँहरुको न्यानो माया र सद्भाव लिएर नेपाल फ़र्कदैं छु, नेपालीहरुको हक हित र अधिकारका लागि भोलि मेरो आवश्यकता महशुस भयो भने म जहाँ भएपनि मेरो सहयोग जारी रहने छ । नजिकै आईरहेको दीपावलीको उपलक्ष्यमा यहाँका सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु । जापानमा यहाँहरुको बसाई सुखद र उपलब्धिमूलक रहोस् । साथै जापानमा नेपाली समुदायकाबीच सूचना प्रबाहमा यहाँहरुको मिडियाले खेलेको भूमिकाका लागि हार्दिक धन्यबाद ब्यक्त गर्न चाहान्छु’- राजदूत डा. तामाङले भन्नुभयो ।

राजदूत डा. तामाङलाई जापानका बिभिन्न संघसंस्थाहरुले फरक फरक समारोहहरुको आयोजना गरी बिदाई गरेका थिए ।

राजदूत डा. तामाङको कार्यकाल समाप्तीपछि नेपाल सरकाले जापानका लागि नयाँ राजदूतमा डा. मदनकुमार भट्टराईलाई नियुक्त गरेको छ । छिट्टै नै नयाँ राजदूत डा. भट्टराई आफ्नो कार्यभार सम्हाल्न जापान आउँदै हुनुहुन्छ । नयाँ राजदूत आउने बेलासम्मका लागि दूताबासका उपनियोग प्रमुख डा. दूर्गाबहादुर सुबेदी क्षेत्रीले कार्यबाहक राजदूत भएर कार्यभार सम्हाल्नुहुने बुझिएको छ । ***

तपाईको प्रतिक्रिया