Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

ताप्लेजुङ – पाथीभरा गोल्डकप फुटवल प्रतियोगिताको अन्तिम क्वाटरफाईनलमा आज डिफेण्डिङ च्याम्पियन चर्चब्वाई क्लव काठमाण्डौं र एम्ब्रोज क्लव मोरङबीच प्रतिस्पर्धा हुँदैछ ।

क्वाटरफाईनल भिडन्त सदरमुकामस्थित स्थानीय भानुजन माविको खेल मैदानमा दिउँसो ३ बजेपछि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा भारतको युनाइटेड खर्साङ फुटवल क्लव दार्जेलिङलाई ट्राइबेकरमा ३–० गोलले पराजित गर्दै राष्ट्रिय जागृती क्लव इटहरी प्रतियोगिताको अन्तिम चारमा प्रबेश गरेको थियो ।

प्रतियोगिताको उपाधि विजेताले ३ तथा उपविजेता टोलीले १ लाख ५१ हजार रुपैयाँ हात पार्नेछन् ।

तपाईको प्रतिक्रिया