Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  युरोपियन फुटबल एसोसियसन (युईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।

युईएफएले फ्रान्सको मोनाकोमा बिहिबार नयाँ सिजनको ड्र सार्वजनिक गरेको हो । समूह चरणको खेल तालिका अनुसार साविकको विजेता रियल मड्रिडलाई सहज समूह परेको छ ।

समूह ‘जी’ मा रहेको स्पेनिस क्लब रियलले इटालीको रोमा, रुसको सिएसकेए मस्को र चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनसंग खेल्नेछ ।

स्पेनिस बार्सिलोना भने समूह ‘बी’ मा परेको छ । बार्सिलोनाले इन्ग्लिश क्लब टोटेनहम, नेदरल्याण्डको पिएसभी र इटालीको इन्टर मिलानसंग खेल्ने छ ।

यस्तै इन्ग्लिश क्लब म्यानचेस्टर सिटीले समूह चरणमा शख्तर डोनेस्क, लियोन  र होफेनहाइमसंग खेल्दा म्यानचेस्टर युनाइटेडले युभेन्ट्स, भ्यालेन्सिया, योङ ब्वाइजसंग खेल्ने छ । लिभरपुलले पिएसजी, नेपोली र क्रेभेना जभेदासंग खेल्ने छ ।

समूह चरणको खेलहरु सेप्टेम्बर १८ देखि १२ डिसेम्बरसम्म हुनेछ ।

कुन समूहमा कुन टिम ?

समूह ‘ए’

एट्लेटिको मड्रिड (स्पेन)

बोरुसिया डर्टमण्ड (जर्मनी)

मोनाको (फ्रान्स)

क्लब बुर्ग (बेल्जियम)

समूह ‘बी’

बार्सिलोना (स्पेन)

टोटेनहम (इंग्ल्यान्ड)

पिएसभी (नेदरल्याण्ड)

इन्टर मिलान (इटाली)

समूह ‘सी’

पेरीस सेन्ट जर्मेन (पिएसजी) (फ्रान्स)

नेपोली (इटाली)

लिभरपुल (इंग्ल्यान्ड)

क्रेभेना जभेदा (सर्बिया)

समूह डी

लोकोमोटिभ मोस्क्भा (रुस)

पोर्टो (पोर्चुगल)

शाल्के (जर्मनी)

गालातासारे (टर्की)

समूह ‘ई’

वायर्न म्युनिख (जर्मनी )

बेन्फिका (पोर्चुगल)

आयाक्स (नेदरल्याण्ड)

एथेन्स एफसी (ग्रीस)

समूह ‘एफ’

म्यानचेस्टर सिटी (इंग्ल्यान्ड)

शख्तर डोनेस्क (युक्रेन)

लियोन (फ्रान्स)

होफेनहाइम (जर्मन)

समूह ‘जी’

रियल मड्रिड (स्पेन)

रोमा (इटाली)

सिएसकेए मस्को (रुस)

प्लेजेन (चेक रिपब्लिक)

समूह ‘एच’

युभेन्ट्स (इटाली)

म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड )

भ्यालेन्सिया (स्पेन)

योङ बोइज (स्विजरल्याण्ड)

तपाईको प्रतिक्रिया