Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – एसिया कप छनोट प्रतियोगिताको दोस्रो तथा नेपालको तेस्रो एकदिवसीय खेलमा यूएईले नेपालसामु २५५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको हो ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । पहिलो खेलमा बुधबार ओमनसँग ७ विकेटले पराजित भएको नेपाललाई आज जित्नैपर्ने दबाब छ ।  यूएईका लागि असफाक अहमदले ४५, चिराग सुरीले ६५, रमिज सहजादले ३५, महोम्मद उस्मानले १३ र अदान मुफ्तीले इनिङको अन्त्यतिर आक्रामक ५७ रनको रनको पारी खेले ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए ।  योसँगै ओडीआईमा सन्दीपले पहिलोपटक ४ विकेट लिएका छन् । यस्तै बसन्त रेग्मीले १० ओभरमा ४९ रन खर्चेर २ विकेट भने सोमपाल कामीले पनि १० ओभरमा ५८ रन खर्चेर २ विकेट लिए ।

तपाईको प्रतिक्रिया