काठमाडौं – फिफाका पुर्व अध्यक्ष जुआन एंगल न्यापुतलाई भष्ट्राचारको अभियोगमा अमेरिकामा ९ वर्षको जेल सजाय सुनाइएको छ । प्याराग्वेका ६० वर्षिय न्यापुतलाई गत वर्ष लाखौँ डलर घुस लिएको आरोप लागेको थियो ।
४ वर्षको जेल सजाय सुनाइएका ब्राजिलका फुटबल महासंघको पुर्व प्रमुख जोस मारिया मरिन र न्यापुत दुवैलाई फुटबलको महत्वपूर्ण प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय बजारीकरण र प्रशारणको अवसर खोजिरहेका कम्पनीहरुबाट लाखौँ डलर घुस लिएको अभियोग लागेको थियो ।