Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – एसियाली खेलकुदको १३ औं दिन आज नेपालका तीन जना जुडो खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । पदकको आशा गरिएको खेल जुडोका चर्चित खेलाडी फुपु ल्हामु खत्रीले आज महिला ६३ केजी मुनिको तौल समुहका खेल्दैछिन् ।

फुपुले ईन्डोनेसियाकी अर्डेलीया युली फ्रादिभ्तासँग राउण्ड अफ सिक्सटिनमा भिड्न लागेकी हुन् । फुपु ल्हामु खत्री दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता खेलाडी हुन् ।जुडोकै महिला ५७ केजी मुनीको तौल समुहमा नेपालकी मनिता श्रेष्ठ प्रधानले अन्तिम ३२ चरणको खेलमा भियतनामकी थि बिच गुएनसँग खेल्नेछिन् ।

यसैगरी पुरुष ७३ केजी मुनीको तौल समूहको अन्तिम ३२ चरणको खेलमा नेपालका संजित डंगोलले साउदी अरबियाका सुलेमान फहाद हमानसँग खेल्नेछन् । यसअघि हिजो भएका खेलहरुमा जुडोका दुई खेलाडी ईन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पहिलो खेलमै पराजित हुँदै पदकको होडबाट बाहिरिसकेका छन् ।

ईन्डोनेसियामा जारी एसियन गेम्सको जुडोतर्फ नेपालका ८ खेलाडी सहभागि छन् । आजै एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती भट्टराईले महिला १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।

यो खेल पछि एथ्लेटिक्सतर्फ पनि नेपालका खेलहरु सकिनेछ । आज सेपाकताक्रो, भलिबल र स्क्वासका खेल पनि हुनेछन् ।

तपाईको प्रतिक्रिया