काठमाडौं – ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटवल प्रतियोगीतामा आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछ ।
आजको पहिलो सेमिफाइनलमा झापाको रेड स्टार क्लब र सुनसरीको राष्ट्रिय जागृती क्लब इटहरी आमने–सामने हुँदैछन् । हिजो सम्पन्न अन्तिम क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज क्लब काठमाण्डौं विजयी भएको थियाे ।
उसले एम्ब्रीयो क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । चर्चब्वाईले भोलि न्यू स्टार क्लव झापासँग खेल्नुपर्ने छ । फाइनल खेल पर्सी हुनेछ । यो बर्षको उपाधि बिजेताले ३ लाख र उप बिजेताले १ लाख ५१ हजार प्राप्त गर्ने छ ।