Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा अोमानले नेपाललाई ७ विकेटले हराएको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य अोमानले ४८ अोभरमा पुरा गरेको हो ।

अोमानका लागि खावर अलीले नटअाउट ८४ तथा जिसन माेक्सुदले नटअाउट ४५ रन जोडे । मलेसियाको बायुमास ओभलमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले ५० ओभरमा ७ विकेट घुमाएर २२२ रन बनाएको थियो । यस्तैज्ञानेन्द्र मल्लले ६० बलको सामना गर्दै ४५ रन र आरिफ शेखले ७४ बलमा ३६ रन बनाएका थिए । ६ टोली सम्मिलित प्रतियोगिताको विजेता दुई सातापछि संयुक्त अरब एमिरेट्स (यूएई) मा हुने एसिया कपका लागि छनोट हुनेछ ।

प्रतियोगितामा नेपालसँगै यूएई र हङकङलाई एसिया कप छनोटको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । नेपाल र ओमानका बीचमा अहिले ठूलै भिन्नता जस्तो देखिएको छ । यो भिन्नता ७ महिनाको दूरीमा बनेको हो । फेब्रुअरीमा मात्र नेपाल र ओमान एकै स्तर अर्थात् विश्व क्रिकेट लिगको डिभिजन २ मा खेल्थे । नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट झरेर डिभिजन २ मा आएको थियो भने ओमान डिभिजन ३ बाट उक्लेको थियो ।

डिभिजन २ मा नेपालमाथि ओमानले ६ विकेटको विजय हात पारेको थियो । ओमानसँगको पराजय नेपाललाई राम्रो सबक बन्यो। त्यस प्रतियोगितामा नेपालले बाँकीको खेल जित्दै विश्वकप छनोटमा सहभागी हुँदै वान-डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बन्यो । ओमान भने नामिबियाको त्यही प्रतियोगिताबाट रेलिगेसनमा पर्दै डिभिजन ३ मा झरेको थियो ।

तपाईको प्रतिक्रिया