Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – नेपालले १८ औं एसियाली खेलकुदमा रजत पदक जितेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जितेको हो । पुरुष क्रस क्रन्ट्री तर्फ जापानभन्दा पछाडि रहँदै नेपालले रजत जितेको हो ।

नेपाल २७ अंकले मात्र स्वर्ण पदकले चुकेको हो । नेपालले अाजको खेलमा २७ सय ९७ स्कोर बटुलेको थियो । पहिलो चार दिन शीर्षस्थानमा रहेको जापानले अन्तिम दिन २ हजार ५७ स्कोर मात्रै बनाउन सक्यो । जापानले कुल ११ हजार ३ सय ९१ र नेपालले ११ हजार ३ सय ६४ स्कोर गर्दै क्रमशः स्वर्ण र रजत पदक जिते । आज पाँचौं तथा अन्तिम चरणको खेलमा नेपालले जापानको अग्रतालाई चुनौती दिन नसके पनि आफ्नो गतिलाई कायमै राख्दै पदक निश्चित गरेको हो ।

नेपाललाई नियमित जस्तो पदक दिलाउदै आएका तेक्वान्दो, कँराते र बक्सिङ खेलहरू असफल भइरहेको अवस्थामा नेपाल धेरैपछि एसियाली खेलकुदको पदक तालिकामा शुन्य हुने स्थितिमा पुगेको थियो । एसियाली खेलकुदमा नेपालको यो दोस्रो सबैभन्दा ठुलो पदक हो ।

सन् १९९८ को बैंकक एसियाली खेलकुदमा पनि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन् । नेपाली टोलीमा विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विमल थापा प्रतिस्पर्धा गरेका थिए। एसियाडमा पाराग्लाइडिङ पहिलोपल्ट समावेश खेल हो ।

एसियाडमा पदक
नेपाल सन् १९८६ मा दक्षिण कोरियाको सिअोलमा भएको पहिलो संस्करणको एसियाडबाट नै सहभागिता जनाउँदै अाएको छ । त्यसबीच सन् १९५४ मा फिलिपिन्सको मनिलामा र १९६२ मा इन्डोनेशियाको जाकर्तामा भएको बाहेक १६ संस्करणमा नेपालले सहभागिता जनाएको छ । एसियाडमा नेपालले जितेको सबैभन्दा ठूलो पदक रजत हो । त्यो पदक तेक्वान्दोकी सविता राजभण्डारीले दिलाएकी थिइन् । त्यसबाहेक नेपालले २२ कास्य पदक जितेको छ ।

नेपालले पहिलो संस्करणको एसियाडमा पनि पदक जितेको थियो । नेपालका लागि हालसम्म सबै पदकहरु मार्सल अार्टसका खेलहरुले दिलाएका छन् । सबैभन्दा बढी तेक्वान्दोले १३ कास्य र एक रजत, बक्सिङले ६ कास्य र करातेले तीन कास्य दिलाएको छ । यस एसियाडमा भने यी तीनवटै खेलहरु पदकविहिन छन् ।

तपाईको प्रतिक्रिया