Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं –  इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्समा नेपाल पदकविहिन नहुने भएको छ । पहिलो पटक सहभागी प्याराग्लाइडिङ खेलमा नेपालले कम्तीमा पनि रजत पदक जित्ने पक्का भएको प्याराग्लाइडिङका म्यानेजर शैलेन राउतले जानकारी दिनुभयाे ।

उहाँका अनुसार यस स्पर्धामा सबै टिमको प्रतिस्पर्धा सकिसकेको छ र केही बेरमा अंक जोडेपछि पदकको छिनोफानो हुनेछ । प्याराग्लाइडिङ अन्तर्गत पुरुष क्रस कन्ट्री विधामा पाँचौ तथा अन्तिम राउण्डको खेल समाप्त भइसकेको छ । चौथो राउण्डमा नेपाल दोस्रो स्थानमा थिए । अब सबै टिमको अंक जोडेपछि नेपालले कुन पदक जित्ने पक्का हुनेछ ।

६७ वर्षे एसियाडको इतिहासमा नेपाल १०औँ संस्करणदेखि कुनै न कुनै पदक जित्दै आएको छ । सन् १९९८ को बैकक एसियाडमा तेक्वानदोकी सविता राजभण्डारीले जितेको रजत नै नेपालले अहिलेसम्म जितेको सबैभन्दा ठूलो पदक हो । यसपटक पनि नेपालले तेक्वान्दो, बक्सिङ र करातेबाट पदकको आशा राखेपनि सफल हुन सकेन ।

तपाईको प्रतिक्रिया