Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  ईण्डोनेसियामा जारी १८ औँ एसियाली खेलकुदमा पाराग्लाईडिङको टिम क्रस कन्ट्री ईभेन्टको चौथो राउण्ड सकिदा नेपाली पुरुष टोली दोस्रो स्थानमा उक्लेको छ । अन्तिम चरणको प्रतिस्पर्धा भोलि हुनेछ ।

आजको लय समाउन सके नेपाली टोलीले पाराग्लाइडिङमा पदक जित्ने सम्भावना अधिक छ । सोही ईभेन्टमा महिला टोली छैटौँ स्थानमा छ । त्यस्तै आज भलिबलको पुरुष स्पर्धामा नेपालले क्वार्टरफाइनलमा मंगोलियालाई ३–१ को सेटमा पराजित गरेको छ ।

एशियाडको ११ औँ दिनसम्म आईपुग्दा नेपालले पदक तालिकामा आफ्नो नाम लेखाउन सकेको छैन । कुस्तीको पुरुष ६६ केजी तौल समुहमा नेपालका उपेन्द्र थापाले पहिलो राउण्डमा पाकिस्तानी खेलाडीलाई १–० ले पराजित गर्दा दोस्रो राउण्डमा थापा उज्वेकिस्तानका खेलाडीसँग १०–० ले पराजित भए ।

महिला ५२ केजी तौल समुहमा भगवती माझी चाइनिज ताईपेइकी खेलाडीसँग १०–० ले नै पारजित भईन् । सेपाकताक्रोको टिम ईभेन्टमा नेपाल भियतनामसँग २–० ले पराजित भयो । स्केट बोर्डको पुरुष स्ट्रिटमा नेरिस थापा प्रारम्भिक चरणबाटै बाहिरिए । स्क्वासको पुरुष पुल राउण्डमा नेपाल जापानसँग ३–० ले पराजित भएको छ ।

तपाईको प्रतिक्रिया