Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

जकार्ता – एसियन गेम्सको एथ्लेटिक्सतर्फ महिला ५ हजार मिटर दौडमा नेपालकी विश्वरुपा बुढाले सिजनको उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।

इन्डोनेसियाको जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा हिजो बेलुकी भएको दौड विश्वरुपाले १७ मिनेट २४.७८ सेकेण्डमा पूरा गरिन् । १५ खेलाडी सहभागी यो स्पर्धामा विश्वरुपा १३ औं भईन् ।

१५ मिनेट ८.०८ सेकेण्डमा रेस सकाएकी बहराईनकी धाविका काल्किदान बेफ्कादुले स्वर्ण पदक जित्दा किर्गीस्तानकी दारिया मास्लोभाले रजत तथा बहराईनकै बोन्टु रेबिटुले कास्य पदक हात पारिन् ।

यसअघि १० हजार मिटरतर्फ नाम दर्ता नै नभएपछि दौडिन नपाएकी विश्वरुपाले हिजो बेलुकीको दौडसँगै एसियन गेम्स सकाएकी छिन् । एसियन गेम्सको एथ्लेटिक्सतर्फ भोलि नेपालकी सरस्वती भट्टराईले महिला १५ सय मिटरमा प्रतिस्पर्धा गर्नेछिन् ।

तपाईको प्रतिक्रिया