Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – एसीसी एसिया कप छनोट प्रतियोगिता नेपालले पहिलो खेलमा केहिबेरमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमान डिभिजन स्तरका चिरप्रतिद्धन्द्धी हुन । सात महिना अगाडि नेपाल डिभिजन टु मा रेलिगेसनमा पर्दा ओमानले पनि त्यो प्रतियोगिता खेलेको थियो ।

अहिलेसम्म यी दुई टिम ५ पटक खेलेका छन् । जसमा नेपालले ३ खेल जिते पनि पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न सकेको छैन । सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले हराएको थियो । त्यसको आठ वर्षपछि खेल्दा नेपाल ६ विकेटले विजयी भएको थियो ।

अन्तिम पटक नेपालले ओमानविरुद्ध २०१३ को डिभिजन थ्रीमा जित निकालेको थियो । त्यसपछिका दुई भिडन्तमा नेपाल पराजित भएको छ । जसमा २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटको जित निकाल्दा २०१८ को डिभिजन टू मा ओमानले ६ विकेटको जित हासिल गरेको थियो ।

तपाईको प्रतिक्रिया