Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स (एसियाड) नेपालको खराब प्रदर्शन जारी छ । पदकको आशा गरिएकोमध्ये एक कुराँस खेलमा नेपाल नेपाली खेलाडी पराजित भए ।

अाज प्रतिस्पर्धा गरेका नेपालका दुवै खेलाडी पराजित भइसकेका छन् । पुरुष ६६ केजी मुनी तौल समूहमा एक खेल जितेका उपेन्द्र थापा अन्तिम १६ तथा भगवती माझी महिला ५६ केजी मुनी अन्तिम ३२ बाटै बाहिरिए ।
उपेन्द्रले पहिलो खेलमा पाकिस्तानका सायद समिउल्लाहलाई पराजित गरेका थिए तर अन्तिम १६ मा भने उज्वेकिस्तानका रुस्लान बुरिएभसँग १०-० ले पराजित भए । महिलातर्फ भगवती अन्तिम ३२ मा चाएनिज ताइपेईकी चाएवेन सोउसँग १०-० ले पराजित भइन् ।नेपालले पदकको आशा गरेको तेक्वान्दो, बक्सिङ, कराते, उसु लगायत खेलमा नेपालको चुनौती समाप्त भइसकेको छ । तेक्वान्दोले पछिल्लो ३ संस्करणमा पदक जित्न सकेन । अब नेपालले पदकको आशा गरेकोमध्ये जुडो, प्याराग्लाइडिङ क्रस कन्ट्री विधा र स्केटबोर्डमा मात्र प्रतिस्पर्धा हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया