Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । गएराति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलई ३–० ले पराजित गरेको हो । लिगमा म्यानचेस्टर युनाईटेडले लगातार दोस्रो हार ब्यहोरेको हो ।

नयाँ सिजनको पहिलो खेलमा जित हात पारेको म्यान्यू दोस्रो खेलमा ब्राइटनसँग पराजित भएको थियो । गएराति भएको तेस्रो चरणको खेलमा टोटनह्यामसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेड लिगको अंक तालिकामा १३ औं स्थानमा पुगेको छ ।

स्टार खेलाडीले भरिएको युनाईटेडविरुद्ध टोटनह्यामले पहिलो हाफ गोलरहीत बराबरी खेलेको थियो । तर, दुई मिनेटभित्र दुई गोल गर्दै टोटनह्यामले युनाईटेडलाई स्तब्ध बनायो ।

५० औं मिनेटमा ह्यारी केनले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ५२ औं मिनेटमा लुकास मोउराले टोटनह्यामका लागि अर्को गोल थपे । दुई गोलले पछि परेको युनाईटेडविरुद्ध ८४ औं मिनेटमा टोटनह्यामका लुकासले नै गोल गर्दै टोलीलाई ३–० को जित दिलाए । ***

तपाईको प्रतिक्रिया