Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – नेपाल इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद-एसियाडको कराँतेमा पनि पदकविहिन बनेको छ । कराँतेको अन्तिम भिडन्तमा नेपालको पदक सम्भावना थियो तर, ५० केजी तौल समूहमा कराँतेकी अनु अधिकारी जापानकी खेलाडीसँग ९-० अंकले पराजित भइन् ।

जापानी खेलाडी मियाहारा मियो महिलाको ५० केजी तौलमा सेमिफाइनलमा पराजित भएको थिइन् । यता क्वाटरफाइनलमा पराजित भएकी अनु रिपेज फाइनलमा लाओसकी खेलाडीलाई ३-१ ले पराजित गरि मियोसँगको भिडन्त पक्का गरेकी थिइन् । क्वाटरफाइनलमा अनुलाई हराउने चाइनिज ताइपेईकी गु सियासुआङले फाइनल यात्रा तय गरेकाले अनुले रिपेज फाइनल खेल्ने अवसर पाएकी थिइन् । अनुले पहिलो चरण अर्थात अन्तिम १६ मा मकाउकी खेलाडीलाई ५-१ ले हराएकी थिइन् ।

जारी एसियाडमा नेपालले पदक जित्न सकेको छैन । यसअघि १७ औं एसियाडमा नेपालले हात पारेको एकमात्र कास्य पदक कराँतेबाटै थियो । मियो भने विश्व कराँतकै निकै शसक्त खेलाडी हुन् । २१ वर्षीय यी खेलाडीले गत विश्व च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् । उनी यस वर्ष जापानको कराँतेकी सर्वोत्कृष्ट खेलाडी पनि हुन् ।

कराँतेमा यसपटक नेपालका चार महिला र चार पुरुष खेलाडी सहभागी थिए । एसियाड इतिहासमाम नेपालले पदक जितेका तीन खेलमध्ये कराँतेपनि एक हो । तीखेलमध्ये तेक्वान्दोमा पनि नेपाल यसपटक पदकबिहिन बनेको छ ।

तपाईको प्रतिक्रिया