Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र वार्टफोर्डले लगातार तेस्रो जित हात पारेका छन् । गएराति भएको खेलमा उपाधि दाबेदार मानिएको चेल्सीले न्यूकासल युनइटेडलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको छ ।

पहिलो हाफ गोलरहीत बराबरीमा भएको खेलको दोस्रो हाफको ७६ औं मिनेटमा इडेन हेजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ८३ औं मिनेटमा जोसेलुले गोल गर्दै न्यूकासललाई बराबरीमा ल्याए ।

निकै प्रतिस्पर्धात्मक खेलको ८७ औं मिनेटमा न्यूकासलले आत्मघाती गोल प्रहार गरेपछि चेल्सी २–१ ले विजयी भयो । त्यसैगरी गएराति नै भएको अर्को खेलमा वार्टफोर्डले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हात पारेको छ ।

त्यस्तै नवप्रवेशी फूलह्यामले वर्नलेलाई ४–२ गोलअन्तरले पराजित गरेको छ । प्रतियोगितामा फूलह्यामको यो पहिलो जित हो ।

तपाईको प्रतिक्रिया