Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – आगामी  भदौ १३ गतेदेखि मलेसियामा सुरू हुने एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले लगातार तेस्रो जित निकालेको छ । अाज भएको तेस्रो तथा अन्तिम अभ्यास खेलमा कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले हराउँदै नेपालले श्रीलंका अभ्यास अपराजित राखेको हो ।

कोल्टस् क्रिकेट क्लबले दिएको २१७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाउँदै ४२.४ ओभरमा पुरा गर्‍यो । नेपालका लागि कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरीले अर्धसतकीय पारी खेले। खड्काले ५७ बलमा ५८ रन बनाउँदा ऐरीले ५३ बल खेल्दै ५२ रन बनाए । यस्ते उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा आरिफ शेख २३ रनमा नटआउट रहे भने सुबास खकुरेलले २२ रन बनाए । सागर पुनले ५ रन बनाउँदा बिनोद भण्डारी १ रनमा आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोल्टस् क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी छँदै सबै विकेट गुमाउँदै २१६ रन बनाएको थियो । उसका लागि हसनले सर्वाधिक ५९ रन बनाए । ६७ बल खेलेका हसनले अर्धसतकीय पारी खेले । यस्तै आयनाले ३६ तथा विश्वले २६ रन बनाएका थिए । नेपालका लागि सोमपाल कामीले ३ तथा करन केसी सागर पुनले २-२ विकेट लिए भने ललित राजबंशीले १ विकेट लिए ।

३ वटा अभ्यास खेल्न श्रीलंका गएको नेपाली टोलीले बुधबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो । यस्तै शुक्रवार सम्पन्न दोस्रो अभ्यास खेलमा नेपालले ब्लुमफिल्ड क्लबलाई १७६ रन (डीएलएस मेथड) को बिशाल अन्तरले पराजित गरेको थियो । कोल्ट्स श्रीलंकाको कोलम्बोमा रहेको फर्स्ट क्लास श्रेणी क्रिकेट खेल्ने टोली हो। कोल्ट्सले श्रीलंकामा आयोजना हुने प्रथम श्रेणी क्रिकेटको ६ पटक उपाधि जितेको छ ।

दिल्रुवन परेरा, सदिरा समराविक्रमा, कुसल परेरा, अकिला धनन्जय जस्ता अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका खेलाडीहरुले कोल्ट्सको टोलीबाट खेलिसकेका छन् । श्रीलंकाका पुर्व कीर्तिमानी बलर चमिन्दा भासले कोल्ट्सबाट आफ्नो घरेलु क्रिकेट खेलेका थिए । नेपाली टिम भोलि मलेसिया प्रस्थान गर्नेछ। एसिया कप छनोट अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग भदौ १३ गते खेल्नेछ । हाल क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने अगस्ट मंगलबा मलेसिया पुग्नेछन् ।

तपाईको प्रतिक्रिया