Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – आगामी  भदौ १३ गतेदेखि मलेसियामा सुरू हुने एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले आज तेस्रो तथा अन्तिम अभ्यास खेलमा कोल्ट्स क्रिकेट क्लबबाट २१७ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कोल्टस् क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी छँदै सबै विकेट गुमाउँदै २१६ रन बनाएको हो । उसका लागि हसनले सर्वाधिक ५९ रन बनाए। ६७ बल खेलेका हसनले अर्धसतकीय पारी खेले । यस्तै आयनाले ३६ तथा विश्वले २६ रन बनाएका थिए । नेपालका लागि सोमपाल कामीले ३ तथा करन केसी सागर पुनले २-२ विकेट लिए भने ललित राजबंशीले १ विकेट लिए ।

कोल्ट्स क्रिकेट क्लबको भइरहेको खेलमा अब केही बेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । ३ वटा अभ्यास खेल्न श्रीलंका गएको नेपाली टोलीले बुधबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो । यस्तै शुक्रवार सम्पन्न दोस्रो अभ्यास खेलमा नेपालले ब्लुमफिल्ड क्लबलाई १७६ रन (डीएलएस मेथड) को बिशाल अन्तरले पराजित गरेको थियो ।

कोल्ट्स श्रीलंकाको कोलम्बोमा रहेको फर्स्ट क्लास श्रेणी क्रिकेट खेल्ने टोली हो । कोल्ट्सले श्रीलंकामा आयोजना हुने प्रथम श्रेणी क्रिकेटको ६ पटक उपाधि जितेको छ । दिल्रुवन परेरा, सदिरा समराविक्रमा, कुसल परेरा, अकिला धनन्जय जस्ता अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका खेलाडीहरुले कोल्ट्सको टोलीबाट खेलिसकेका छन् । श्रीलंकाका पुर्व कीर्तिमानी बलर चमिन्दा भासले कोल्ट्सबाट आफ्नो घरेलु क्रिकेट खेलेका थिए ।

नेपाली टिम भोलि मलेसिया प्रस्थान गर्नेछ । एसिया कप छनोट अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग भदौ १३ गते खेल्नेछ । हाल क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने अगस्ट मंगलबा मलेसिया पुग्नेछन् ।

तपाईको प्रतिक्रिया