Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  राष्ट्रिय महिला फुटबल टिमले चीनमा अभ्यास खेल खेल्ने पक्का भएको छ । सन् २०२० को टोकियो ओलम्पिकको छनोट खेल्न लागेको महिला फुटबल टिमले तयारीको क्रममा चीनमा अभ्यास खेल खेल्ने पक्का भएको हो ।

एन्फा प्रवक्ता किरण राईले नेपाली महिला टिमले चीनमा अभ्यास खेल खेल्ने पक्का भएपनि टोली बिषयमा टुङ्गो नलागेको बताए । ‘नेपालको प्रतिद्न्दी टोली र मितिको बिषय आईतबारसम्म टुङ्गो लाग्छ तर नेपाली टिमले चीनमा खेल्ने तय भएको छ ।’

अखिल नेपाल फुटबल संघ एन्फाले ओलम्पिक छनोट खेल्ने नेपाली महिला टिमलाई अभ्यास खेल्न हङकङ समेत पठाउने तयारी गरेको छ । प्रवक्ता राईले भने, ‘हङकङमा समेत लैजाने तयारी हो । त्यो बिषय चाँडै टुङ्गो लाग्छ ।’

नेपालले महिला फुटबल स्पर्धामा ओलम्पिक छनोट खेल्ने निर्णय गरेको छ । छनोट अन्तर्गत नेपाल समूह सीमा रहेको छ । नेपाल रहेको समूहमा भारत सहित म्यानमार र बंगलादेश रहेका छन् । नेपालले नोभेम्बरमा भारतसंग छनोटको पहिलो खेल खेल्नेछ । नेभेम्बर ११ मा म्यानमार र १३ मा बंगलादेशसंग खेल्नेछ ।

१८ टोली ओलम्पिक छनोटमा सहभागी हुनेछन् । सहभागी सबै टोलीलाई ४ समुहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले अघिल्लो चरण प्रवेश पाउनेछन् ।

तपाईको प्रतिक्रिया