Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

इन्डोनेसिया – १८ औं एसियाली खेलकुदको स्पोर्ट्स क्लाईम्बिङतर्फ नेपालका खेलाडीहरुले सोचे अनुसारको प्रदर्शन गर्न सकेनन् । पुरुष स्पिड विधामा नेपालका खेलाडीहरु पेम्बा शेर्पा र प्रनिलमान श्रेष्ठ समूहको पुछारमा रहे । पेम्बाले १२ सेकेण्डमा निर्धारित पर्खाल चढे भने प्रनिलले १२ दशमलब २६ सेकेण्डको समय लगाए ।

यसैगरी पुरुष स्पिड कम्बाईन्ड विधामा पनि नेपालको प्रदर्शन निराशाजनक रह्यो । एसियाडमा पहिलो पटक सहभागिता जनाएको खेल स्पोर्ट्स क्लाईम्बिङमा नेपालका यी दुई खेलाडीमात्रै सहभागी छन् । दुबैजना स्पिड विधामा पराजित भएपछि अब बोल्डरिङ र लिड विधाका खेलहरु बाँकी छन् ।

तपाईको प्रतिक्रिया