Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – एशियाली खेलकुद अन्र्तगत पुरुष फुटबलमा नेपालले आफ्नो दोश्रो खेलमा आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । खेल, ईन्डोनेसियाको जाकार्ता विबावा मुक्ति स्टेडियममा नेपाली समयानुसार साँझ साढे ६ बजे पछि सुरु हुनेछ ।

उत्कृष्ट तेस्रा टिमले समेत अघिल्लो चरणमा प्रवेश पाउने भएकाले नेपाल आजको खेलमा सुखद नतिजाको खोजीमा  रहनेछ । नेपालले अर्को खेलमा  आइतवार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । भियतनामले पहिलो खेलमा पाकिस्तान विरुद्ध ३ शुन्यको जित हात पारेको थियो ।

समुह डी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जापानसँग एक शुन्य गोल अन्तरले पराजित भएको थियो । एशियाली खेलकुदको १८ औँ सस्करणमा समावेश ४० खेल मध्ये २९ खेलमा नेपालले सहभागिता जनाउनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन शनिबार हुनेछ ।

तपाईको प्रतिक्रिया