Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगितामा नेपाली युवा खेलाडी सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी छ । बिहीबार बिहान सम्पन्न खेलमा सन्दीपले दुई विकेट लिए ।

सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्समा आवद्ध सन्दीपले जमैका तल्लावाहविरुद्ध एकै ओभरमा दुई विकेट लिएका हुन् । चार ओभर बलिङ गरेका उनले ५.२५ को औसतले २१ रनमात्र दिए । टिमका लागि उनी सर्वाधिक सफल बलर बने ।

यद्यपि अन्य बलरको फितलो प्रदर्शन तथा ब्याट्सम्यानहरु साझेदारी गर्न सफल भएका कारण उनको टिम भने पराजित हुन पुग्यो । पहिले ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७८ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको सेन्ट किट्सले २० ओभरमा नौ विकेट गुमाउँदै १३१ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा तीन खेल खेलिसकेका सन्दीपले पाँच विकेट लिइसकेका छन् ।

तपाईको प्रतिक्रिया