Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – नयाँदिल्ली नगर करपोरेसनले भारतीय केन्द्रीय संसद भवनमा देखिएको बाँदर समस्यासँग समाधानका लागि एक अनौठो बाटो भेटेको छ ।  अब त्यहाँका बाँदरहरलाई लंगुरको भेष गरेका युवाहरुले तर्साएर धपाउनेछन् ।

नयाँ दिल्ली नगर करपोरेसन यो विधिमा यति गम्भीर छ कि उसले यस उद्देश्यको लागि ४० मानिसहरु भर्ती गरिसकेको छ । सांसर अम्बेथ राजनको प्रश्नको लिखित उत्तर दिने क्रममा सहर विकास मन्त्री एम.भेन्काइए नाइडूले राज्य सभामा यो योजना सार्वजनिक गरेका हुन् ।

नाइडूले समस्या समाधानको लागि लिइएका विकल्प मध्ये एउटामा ‘तालिम प्राप्त मानिसहरुलाई लङ्गुर बनाएर बाँदरलाई तर्साएर भगाउने उल्लेख छ ।” अन्य परम्परागत विधिहरुमा रवर बुलेटको बन्दुकको प्रयोग उल्लेख छ ।

त्यस्तै संसद भवन वरिपरि बढेको भुसिया कुकुरहरुलाई नियन्त्रण गर्नको लागि संसद भवन र यसको वरपर क्षेत्रमा कुकुर समात्ने एक समूह हप्ताको दुई पटक घुम्ने मन्त्रीले राज्य सभालाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया