Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – एसियाली खेलकुदको १८ औं संस्करण ईन्डोनेसियाको जाकार्तामा आगामी शनिवार सुरु हुँदैछ । तर प्रतियोगिताको भव्य उद्घाटन हुनुअघि नै फुटबलतर्फका खेल भने आजबाट सुरु हुँदैछन् । नेपालले आज आफ्नो पहिलो खेलमा जापानसँग खेल्दैछ ।

एसियाली फुटबलको पावर हाउस जापान विरुद्धको खेल नेपालका लागि निकै कठिन हुनेछ । एसियाली खेलकुदमा ओलम्पिक टिम अर्थात २३ वर्ष मुनिको राष्ट्रिय टोली सहभागि हुनेछन् ।

टोलीमा तीन जना भने सिनियर खेलाडी पनि समावेश गर्न पाईन्छ । नेपालले एसियाडको तयारीका लागि थाईल्याण्डमा १० दिन विशेष प्रशिक्षण गरेको थियो । सो क्रममा खेलेका दुईवटा मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएको थियो ।

बैंककमा प्रशिक्षण सकाएर नेपाली टोली गत आइतवार इन्डोनेसिया पुगेको हो । एसियाडको समुह डि मा रहेको नेपालले समूह चरणमा जापानसँगै भियतनाम र पाकिस्तानसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया