Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् ।

पन्जाब प्रान्तका मन्त्री समेत रहेका सिद्धुलाई खानले टेलिफोन गरी सपथग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेका थिए । पन्जाब सरकारको सूचना तथा जनसम्पर्क विभागका अनुसार, अगष्ट २ तारिखमा सिद्धुले गरेको समर्थनप्रति इमरान खानले धन्यवाद पनि दिनुभएको छ । यहीबीच, सिद्धुले भारतको गृह मन्त्रालय र पन्जाबका मुख्यमन्त्रीलाई यस बारेमा जानकारी दिनुभएको छ ।

उहाँले इमरानले आमन्त्रण गरेका अर्का क्रिकेटर कपिल देवसँग पनि पाकिस्तान जाने बारेमा कुराकानी गरेको जानकारी दिनुभएको छ । पाकिस्तान तेहरीक-ए-इन्साफ (पिटीआई) ले अगष्ट ११ को सट्टा अगष्ट १८ का दिन इमरान खानले इस्लामावादस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनुहुने जानकारी दिएको छ । –रासस

तपाईको प्रतिक्रिया