Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – साफ अन्डर १५ महिला फुटबल च्याम्पियनसिपमा नेपाल सेमिफाईनलमा प्रवेश गरेको छ । समुह चरणको पहिलो खेलमा पाकिस्तानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।

समुह बीबाट नेपाल र बंगलादेश सेमिफाईनल पुग्न सफल भएका छन् । समुह चरणका दुवै खेलमा पराजित हुँदै पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । समुह चरणमा नेपाल र बंगलादेशले समान ३ अंक जोडेका छन् ।

थिम्पुस्थित चालिमिथाङ रंगशालामा सहज जित निकाल्ने क्रममा नेपालले दुवै हाफमा समान २÷२ गोल ग¥यो ।

नेपालले सुरुवाती अग्रता ८ औ मिनेटमा अनुष्का शेर्पाको गोलबाट लिएको थियो । १४ औ मिनेटपछि सविना राना मगरले नेपालको अग्रतालाई दोब्बर बनाएकी थिईन् ।

पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । यस्तै नेपालले अब समूह चरणको दोस्रो खेलमा अगष्ट १३ मा बङ्गलादेशसंग खेल्नेछ । त्यही खेलले समुह विजेता टोलीको टुङ्गो लगाउनेछ ।

तपाईको प्रतिक्रिया