काठमाडाैं – बाघ पौडी खेल्दै गाउँतिर आएको देखेर बालकहरुको भागभाग चल्यो। त्यही बेला उक्त बाघलाई दुईवटा कुकुरले लखेटेर सम्भावित घटनाबाट जोगाएको छ ।
नेपालको सीमामा रहेको भारतको कटर्निया गाउँमा उक्त घटना भएको डेली मेलले जनाएको छ। उक्त गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको क्षेत्र हो ।
अगस्ट ८ मा भएको घटनामा कसैलाई केही नभएको बताइएको छ । उक्त स्थानमा आहराको खोजीमा बाघ प्राय आइरहने त्यहाँका बासिन्दाले बताएका छन् ।