Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  – आईसीसीको टेष्ट वरीयतामा शीर्ष स्थानमा रहेको भारतीय क्रिकेट टोली इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङमा १०७ रनमै अलआउट भएको छ ।

बिहीबारदेखि सुरु हुनुपर्ने म्याच वर्षाका कारण शुक्रबार मात्र टस सम्भव भएको थियो । जहाँ लर्डस मैदानमा इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको थियो ।

वर्षाले खेल रोकिनुअघि नै ४ ओभरमा भारतीय टोलीको हालत १५–३ पुगिसकेको थियो । लामो वर्षापछि स्वीङ विकेटमा इंग्ल्याण्डका भेट्रान बलर जेम्स एण्डरसनले त्यसको फाइदा उठाए । उनले खेलमा १३.२ ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिए । त्यस्तै क्रिस भोक्सले पनि २ विकेट लिए ।

भारतका रविचन्द्रन आश्विनले सर्वाधिक २९ रन बनाउँदा कप्तान विराट कोहलीले २३ रन बनाए । भारतका ६ जना ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्, जसमध्ये तीन जनाले खाता नै खोल्न सकेनन् ।

इंग्ल्याण्डले आज जवाफी ब्याटिङ गर्नेछ ।

तपाईको प्रतिक्रिया