Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – नयाँ सिजनको इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुआत गरेको छ ।

म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको सिजनको पहिलो खेलमा म्यान्यूले लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै सुखद शुरुआत गरेको हो ।

खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत् पल पोग्बाले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अगाडि रहेको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफको ८३ औं मिनेटमा लुका सले गोल गरेपछि २–० ले अग्रता लियो ।

तर खेलको ९० औं मिनेटमा लेस्टर सिटीका जेमी भार्डीले एक गोल फर्काए पछि म्यानचेस्टर युनाइटेडले खेल २–१ ले जितेको हो । इङ्लिस प्रिमियर लिगमा आज ६ खेल हुँदै छन् ।

नेपाली समयअनुसार आज साँझ सवा ५ बजे हुने खेलमा न्युकासल युनाइटेड र टोटनह्याम भिड्दै छन् । त्यसैगरी पौने आठ बजे हुने खेलमा  वर्नमाउथ र कार्डिफ सिटी, फूलह्याम र क्रिस्टल प्यालेस, हडल्सफिल्ड र चेल्सी तथा वार्टफोर्ड र ब्राइटन भिड्दै छन् ।

त्यसैगरी आजै राति सवा १० बजे हुने अर्को खेलमा वुल्भरह्याम्पटन वान्डरर्स र एभर्टन भिड्दै छन् ।

तपाईको प्रतिक्रिया