Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  – अर्जेन्टिनाका लियोनल मेस्सीलाई स्पेनिस क्लब बार्सिलोनाले कप्तानको जिम्मेवारी दिएको छ । बार्सिलोनाले शुक्रबार सामाजिक संजाल ट्वीटरबाट मेस्सीलाई कप्तान चयन गरेको बताएको छ ।

कप्तान आन्द्रेस इनिएष्टाले क्लब छाडेपछि बार्सिलोनाले मेस्सीलाई कप्तान तोकेको हो । बार्सिलोनाका ३१ बर्षीय फरवार्ड मेस्सी अर्जेन्टिनाका कप्तान समेत हुन् । बार्सिलोनामा करिब २२ बर्ष बिताएका इनिएष्टा यसै सिजन जापानिज क्लब भिसेल कोवी गएका थिए ।

सन् २००१ मा क्लबको एकेडमीबाट फुटबल सुरु गरेका मेस्सी बार्सिलोनाका कीर्तिमानी गोलकर्ता हुन् ।  मेस्सीले बार्सिलोनाबाट क्लब फुटबलका सबै उपाधि जितिसकेका छन् ।

यस्तै बार्सिलोनाले सर्जियो बुश्केटलाई उपकप्तान, जेर्राड पिकेलाई तेस्रो र सेर्गी रोबर्टोलाई चौथो कप्तान बनाएको छ ।

तपाईको प्रतिक्रिया