Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  – सीपीएलमा सन्दिप लागिछानेले आफ्नो डेब्यू शानदार बनाइरहँदा उनको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले भने ६ विकेटको पराजय ब्यहोरेको छ । त्यसैले सन्दिपको प्रदर्शन पनि छायामा परेको छ । आजको खेलमा सन्दिपले ४ ओभर बलिंग गरी २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिंग गरेको सेन्ट किट्सले निर्धारित ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाउँदा ओपनर तथा कप्तान क्रिश गेल एक्लैले ८६ रनको योगदान दिएका थिए । उनले ६५ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।

१४७ रनको लक्ष्य गुयाना अमेजन वारियर्सले इनिंगको २१ बल बाँकी छँदै पूरा गर्यो । उसका लागि वेष्ट इण्डिन यू¬(१९ टोलीका सदस्य सिम्रन हेटमेयरले ७९ रनको अविजित शानदार पारी खेले । म्यान अफ द म्याचसमेत बनेका उनले ४५ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।

बलिंगमा सन्दिपका अलावा सेन्डन कोट्रेलले पनि २ विकेट लिए ।

तपाईको प्रतिक्रिया