Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – एशिया कप छनोटका लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक छनोट गरिएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

१९ सदस्यीय टोलीमा अनुभवी खेलाडीहरु शरद भेषावकर र शक्ति गौचन परेका छैनन् । भेषावकर नेदरल्याण्ड्सविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय खेलका क्रममा दायाँ हातको कान्छी औंलामा चोट लागेका कारण कम्तिमा चार साता मैदान बाहिर रहने भएका छन् ।

नेपाली टोलीले आगामी साउन २९ गतेदेखि बन्द प्रशिक्षण सुरु गर्नेछ । मलेसियामा हुने एशिया कप छनोटका लागि १५ सदस्यीय टोली घोषणा हुनेछ । नेपाली टोलीको ब्याटिङ कन्सल्ट्यान्टको रुपमा भारतीय प्रशिक्षक अपूर्व देसाई आउने निश्चित भएको छ । उनी साउन २९ गते नेपाल आइपुग्नेछन् । मलेसिया जानुअघि नेपालले भदौ ४ गते ३ अभ्यास खेल र बैदेशिक तयारीका लागि श्रीलंका भ्रमण गर्नेछ ।

यी हुन् छनोटमा परेका १९ खेलाडीहरू

  • पारस खड्का
  • अनिलकुमार साह
  • बसन्त रेग्मी
  • बिनोद भण्डारी
  • दिपेन्द्र सिंह ऐरी
  • ज्ञानेन्द्र मल्ल
  • करण केसी
  • किशोर महतो
  • ललित भण्डारी
  • ललितनारायण राजबंशी
  • आरिफ शेख
  • प्रदिप ऐरी
  • रोहित कुमार पौडेल
  • सागर पुन
  • सन्दिप लामिछाने
  • सोमपाल कामी
  • सुबास खकुरेल
  • सुनिल धमला
  • सुशन भारी

आगामी साउन २९ बाट बन्द प्रशिक्षण सुरू हुने छ। त्यसपछि अन्तिम १५ सदस्यीय टोलीको छनोट हुने भएको छ ।

भदौ १३ देखि २१ गतेसम्म हुने एशिया कप छनोटमा नेपालसँगै हङकङ, ओमान, मलेसिया, सिंगापुर र युएई छन् । यस प्रतियोगिताको विजेता टोलीले एशियाकपमा स्थान बनाउनेछ । जहाँ एशियाका टेष्ट मान्यताप्राप्त पाँच टोलीहरु भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् । एसिया कप सेप्टेम्बर १५ देखि २८ सम्म युएईमा आयोजना हुँदैछ ।

छनोट प्रतियोगितामा नेपालले पहिलो खेल भदौ १३ गते ओमानसँग खेल्नेछ । त्यस्तै भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग खेल्दैछ । राउण्ड रोविन लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेताले एशिया कपको समूह ए मा भारत र पाकिस्तानसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया