Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं –  इंग्लिस क्लब चेल्सीले स्पेनिस गोलकिपर केपा एर्रिजाबालागालाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ । चेल्सीले गोलकिपर केपालाई स्पेनिस क्लब एट्लेटिको बिल्वाओबाट कीर्तिमानी मूल्य ७१ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो ।

चेल्सीले गोलकिपर किपासंग ७ बर्षे सम्झौता गरेको छ । योसंगै किपा विश्वकै सर्वाधिक महंगा गोलकिपर बनेका छन् । चेल्सीले केपाको लागि तिरेको रकम गोलकिपरका लागि तिरिएको सबैभन्दा ठुलो रकम हो । यसअघि लिभरपुलका गोलकिपर एलिसन महंगा किपर रहेका थिए । गत जुलाईमा एलिसनलाई रोमाबाट अनुबन्ध गर्दा लिभरपुलले ६६ मिलियन पाउण्ड खर्चिएको थियो ।

कीर्तिमानी मूल्यमा चेल्सी आएपछि २३ बर्षिय केपाले क्लबमा अनुबन्ध हुने निर्णय गर्नु आफ्नो महत्वपूर्ण निर्णय रहेको बताए । यस्तै उनले चेल्सीले पाएको सफलताले आफुलाई क्लब आउँन आकर्षित गरे बताए । यस्तै केपाले चेल्सीले आफुलाई विश्वास गरेको र आफुले चेल्सीलाई विश्वास दिलाउने बताए ।

पहिलो रोजाईका किपर थिबाउट कोर्टुवा स्पेनिस क्लब रियल मड्रिड जाने भएपछि चेल्सीलाई केपालाई अनुबन्ध गरेको हो । स्पेनिस टोलीका दोस्रो रोजाईका केपा दुई सिजन स्पेनिस क्लबमा रहेर इन्ग्लिश क्लब लागेका हुन् ।

तपाईको प्रतिक्रिया