Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – सुन्दा अचम्म लाग्ला तर अमेरिका जस्तो देशका विभिन्न शहरमा एक बलात्कारीलाई बलात्कारपछि जन्मिएको बच्चाको बुवा हुन अधिकार दिइन्छ । अझ अचम्मको कुरा के छ भने अमेरिकामा हरेक वर्ष लगभग ३२ हजार महिला बलात्कारका कारण गर्भवती हुने गर्छन्  ।

अमेरिकाको चार राज्यमा यस्तो नियम छ जस अनुसार बलात्कारीलाई बच्चाको अधिकार दिने गरिन्छ । यहाँसम्म कि यदि आमाले कुनै बच्चालाई आफ्नो सन्तान सुम्पिन चाहन्छिन् भने उनले बलात्कारीको अनुमती लिनुपर्छ ।

टिफनीको कहानीः

टिफनी मिशिगनमा बस्छिन् । १२ वर्षको उमेरमा टिफनीमाथि बलात्कार भयो र उनी गर्भवती भइन् । घटनाको १० वर्षपछि उनलाई एउटै कुराको डर छ – कतै बलात्कारी उनको बच्चालाई भेट्न आउने पो हो कि ?

टिफनी भन्छिन्, ‘उनकी भतिजीले मलाई मेसेज पठाएर उसले आफ्नो बच्चा हेर्न चाहेको र आफूसँगै राख्न इच्छुक भएको बताएकी छिन् ।’

‘मेसेज पढेपछि म आत्तिएँ । मैले आफ्नो बच्चालाई ती बलात्कारीलाई भेटाउनुपर्छ भन्ने मलाई थाहा नै थिएन । मलाई न्यायाधिसले भने कि ती व्यक्तिसँग बच्चाको अभिभावक हुने अधिकार छ ।’

यद्यपी, जहाँ टिफनी बस्छिन्, त्यहाँको कानून अनुसार बलात्कारीलाई बच्चाको पिता हुने अधिकार फिर्ता लिन सकिन्छ ।

अभिभावक हुने अधिकारः

तर यसका लागि उनले अदालतको चक्कर लगाउनुपर्छ, पैसा बिछ्याउनुपर्छ । त्यहाँबाट करिब १६ हजार किलोमिटर टाढा फ्लोरिडामा बस्ने आना लिनले पनि कानूनको सहारा लिनुपर्यो ।

उनी पनि एक बलात्कृत महिला हुन् । बलात्कारपछि बच्चालाई जन्म दिन उनी निकै टाढा गइन् तर बलात्कारीले उनीबारे पत्ता लगाएर आफ्नी छोरी हेर्न पाउँ भन्दै अदालतमा निवेदन दिए ।

फ्लोरिडाको कानूनमा यस्तो प्रकारको स्थितीबाट बच्ने कुनै प्रावधान छैन । आना लिनको मामलामा यो राज्यले आफ्नो कानून परिवर्तन गर्नुपर्यो । अब यौन हमला गर्नेहरुबाट अभिभावकको अधिकार फिर्ता लिन सकिन्छ तर अमेरिकाको हरेक राज्यका कानून भिन्न छन् ।

यौन शोषणको सजायँः

डेरबिन जब ४० वर्षका थिए तब उनले १५ वर्षकी किशोरीलाई बलात्कार गरे र उनी गर्भवती भइन् । तर मेरिल्याण्डमा यसका लागि विशेष सजायँको प्रावधान छैन । त्यसकारण उनले किशोरीमाथि यौन शोषणसँग जोडिएको सजायँ पाए ।

सजायँ पछि आज पनि बच्चाको अभिभावक हुने अधिकार उनीसँग छ । डेरविन भन्छन्, ‘मलाई अदालतमा गएर उनीसँग बच्चासँग समय बिताउने अधिकार माग्न सक्छु भन्ने जानकारी दिइयो । ’

डेरविनलाई लाग्छ कि उनीबाट उनको अधिकार फिर्ता लिनुको गलत परिणाम हुनेछ । डेरविनले जसलाई बलात्कार गरेका थिए, उनले आफ्नो पहिचान लुकाउने शर्तमा आफूलाई यस्तो कानूनबारे केही थाहा नभएको बताइन् ।

अब उनी अदालत गएर डेरविनको सबै अधिकार खोस्ने तयारी गरिरहेको जानकारी दिइन् । यद्यपी, यो त्यति सजिलो भने छैन । उनी भन्छिन्, ‘मसँग कानूनी लडाईं लड्न पैसा त छैन तरपनि म लड्नेछु । म त्यो सबै कुरा गर्नेछु जुन मेरो छोराको लागि ठिक हुन्छ । तर अब के हुन्छ भनेर डर लाग्छ ।’

अमेरिकामा जुन राज्यमा बलात्कार र त्यससँग जोडिएको कानून स्पष्ट छैन र जहाँ बलात्कृतहरुले आफूलाई नै बचाउनका लागि मूल्य चुकाउनु पर्छ भने त्यहाँ विभिन्न प्रश्न छन् ।

के भन्छ अमेरिकी कानून ?

अमेरिकन जर्नल अफ अब्स्टेट्रिक्स एण्ड गाइनाकोलोजीको आँकडा अनुसार १२ देखि ४५ वर्ष उमेरका पाँच प्रतिशत महिला बलात्कारका कारण गर्भवती हुन्छन् ।

सन् २०१५ मा ओबामा प्रशासनले रेप सर्भाइभर चाइल्ड कस्टडी एक्ट ल्याएका थिए ।

यस अनुसार अमेरिकी राज्यलाई धेरै बजेट दिइयो ता कि बलात्कारीलाई बच्चाको पिता हुने अधिकार प्रदान गर्न अस्विकार गर्ने बलात्कृत महिलालाई आर्थिक मद्दत दिन सकियोस् ।

४३ अमेरिकी प्रान्त र डिस्ट्रिक्ट अफ कोलम्यिामा यो कानून लागू गरिएको छ तर विभिन्न राज्यले यसलाई आफ्नो तरिकाले लागू गरेका छन् ।

तपाईको प्रतिक्रिया