Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडाैं – ओप्पोले नेपाली बजारमा नयाँ फोन एथ्रीएस सार्वजनिक गरेको छ । यसमा १३ र २ एमपीका डुअल रियर क्यामेरा तथा ८ एमपी फ्रन्ट क्यामेरा छ ।

२ जीबी र्याम र १६ जीबी सञ्चय क्षमता रहेको फोनमा क्वालकम स्न्यापड्रागन ४५ ओक्टा कोर प्रोसेसर समावेश छ । ४ हजार २३० एमएएच पावरको ब्याट्री जडित छ । यसको मूल्य १९ हजार ४ सय ९० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

ओप्पोका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओेले फोनमा डुअल क्यामेरा सेटअप, सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री क्षमता लगायत अत्याधुनिक फिचर्स म्युजिक पार्टीसमेत रहेको बताउनुभयाे । उहाँका अनुसार स्पिकरको प्रयोग गर्न नसकिने स्थानमा म्युजिक पार्टीबाट संगीतको मज्जा लिन सकिनेछ ।

तपाईको प्रतिक्रिया