Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं–एसियन गेम्सको तयारीका लागि थाईल्याण्डमा रहेको नेपाली फुटबल टोलीले पहिलो अभ्यास खेलमा आज स्थानिय पुलिस टेरोसँग प्रतिस्पर्धा गर्दैछ ।

मैत्रीपुर्ण खेल बैकंकस्थित बोन्याचिन्डा स्टेडियममा साँझ ५ बजेपछि सुरु हुनेछ । टेरो पुलिसबिरुद्धको अभ्यास खेलमा टोलीका कप्तान किरण चेम्जोङ र रोहित चन्दबिनै नेपाली टोली मैदान उत्रनेछ ।

थाई प्रिमियर लिग खेल्ने टेरो पुलिस जारी सिजन तालिकाको १४ औं स्थानमा रहेको छ । १८ टोली सहभागी लिगमा टेरोले खेलेका २६ खेल मध्ये ८ खेलमा जित र ६ खेल बराबरी खेल्दै ३० अंकका साथ तालिकाको १४ औँ स्थानमा छ ।

एसियन गेम्सको तयारीमा रहेको नेपाली टोलीले थाईल्याण्ड भ्रमणका क्रममा थप एक अभ्यास खेल खेल्नेछ । टोलीले शुक्रबार थाईल्याण्डको २३ बर्ष मुनीको टोलीसँग दोस्रो अभ्यास खेल्नेछ ।

एसियन गेम्समा समुह डी मा रहेको नेपालले समुहचरणमा जापान, भियतनाम र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया