Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू-१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू-१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू-१९ टोली छ । यो बीसीसीआईको एकेडेमी टोली हो ।

युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक बर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई मौका दिइएको हो । भारतको यू-१९ र अफगानिस्तानको यू-१९ टोलीले यो सिरिजलाई आगामी विश्वकपको तयारीका रूपमा हेरेका छन् । नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू-१९ ले भारतको यू-१९ टोलीमाथि ऐतिहासिक जित निकालेको थियो । यस्तै सिरिजलाई यू-१९ एसिया कपको तयारीको रुपमासमेत लिइएको छ । बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ ।

जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन् । क्रिकट्राकर डटकमका अनुसार भारतले यो सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ । सिरिजमा सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्ने छ । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुनेछ ।

चार टोली सम्मिलित एकदिवसीय शृंखला

  • सेप्टेम्बर १२- भारत यू-१९ विरुद्ध अफगानिस्तान यू-१९, इडेन गार्डेन्स
  • सेप्टेम्बर १२- एनसीए यू-१९ विरुद्ध नेपाल यू-१९, जेयू
  • सेप्टेम्बर १४-भारत यू-१९ विरुद्ध नेपाल यू-१९, इडेन गार्डेन्स
  • सेप्टेम्बर १४- एनसीए यू-१९ विरुद्ध अफगानिस्तान यू-१९, जेयू
  • सेप्टेम्बर १६- भारत यू-१९ विरुद्ध एनसीए यू-१९, इडेन गार्डेन्स
  • सेप्टेम्बर १६- अफगानिस्तान यू-१९ विरुद्ध नेपाल यू-१९, जेयू
  • सेप्टेम्बर १८-टिम १ विरुद्ध टिम २
  • सेप्टेम्बर १८- टिम ३ विरुद्ध टिम
तपाईको प्रतिक्रिया