Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – नेदरल्याण्ड्स् विरूद्ध दोस्रो एक दिवसीयमा नेपालले २१७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २१६ रन बनाएको हो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको पारी खेले । नेपाली खेलाडीमध्ये सबैभन्दा धेरै रन बनाएका कामीले ४६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान पारस खड्काले पनि अर्धसतक पुरा गरे । पहिलो पटक एक दिवसीय अर्धसतक प्रहार गर्ने क्रममा खड्काले ६९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै दीपेन्द्र सिंह ऐरी र सुवास खकुरेलले समान १९ रन बनाउँदा अनिल साह ४ र रोहित कुमार पौडेल ६ रनमा आउट भए । बसन्त रेग्मीलाई १ रनमा गुमाएको नेपालका लागि सन्दिप लामिछानेले ८ रन बनाएर आउट भए भने ललित भण्डारीले ४ रनमा अभिजित रहे । नेदरल्याण्डका लागि कालासेनले ३ तथा रिपोन र सिलारले २-२ विकेट लिए ।

तपाईको प्रतिक्रिया