Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं –  नेदरल्यान्ड्सविरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान पारस खड्का अर्ध सतक बनाएर आउट भएका छन् । उनले ६९ बलको सामना गर्दै ५१ रन बनाए । नेपालले ३२औं अोभरमा ६ विकेटको क्षतिमा १३५ रन बनाएको छ ।

नेपालका ज्ञानेन्द्र मल्ल १३, सुवास खकुरेल १९ रन, अनिल साह ४, दिपेन्द्रसिंह ऐरी १९ र रोहित पौडेलले ६ रन बनाएर आउट भए । अहिले क्रिजमा रहेका आरिफ शेख र सोमपाल कामी छन् । आरिफले २७ बलको सामना गर्दै ११ रन बनाएका छन् । नेपालको ब्याटिङ शुक्रबारको खेलमा पनि सम्हालिएको छैन ।

कप्तान पारसबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । नेपालले पहिले ब्याटिङ गर्न सुरू गरेको हो । नेदरल्यान्ड्सको भिआरए मैदानमा नेपालले टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया