Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आफ्नो पहिलो एक दिवसीय क्रिकेटमा हार बेहोर्यो । आम्स्टरडममा बुधबार भएको खेलमा नेपाल घरेलु टोली नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भयो ।

खेलपछि नेपालका कप्तान पारस खड्काले राम्रो गर्न सक्ने सम्भावना र ठाउँ हुँदाहुँदै पनि केही कमजोरी भएको स्वीकार गरे । तर आउँदो खेलमा सुधारिएको प्रदर्शन हुनेमा आशावादी रहेको उनको भनाई छ । कप्तान खड्काले भने, ‘खेलमा हामीले जित्न सक्ने आधारहरु पक्कै थिए, तर खेल हो भन्न सकिँदैन । समग्रमा खेल राम्रो थियो तर रन बनाउन नसक्दा नतिजा हाम्रो पक्षमा आएन ।’

समग्र टिमको रुपमा दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने र जित पनि निकाल्नेमा आशावादी रहेको उनको भनाई छ । उनले भने, ‘खेलको १८–१९ ओभरसम्म हाम्रो पकड राम्रो थियो । ज्ञानु (उपकप्तान ज्ञानेन्द्र मल्ल) र मैले ब्याटिङ्ग गर्ने बेलासम्म । तर त्यसपछि हाम्रो लय गुम्यो । लगातार विकेट गए ।’

आफू र ज्ञानेन्द्र केही समय मैदानमा टिक्न सकेको भए खेलको नतिजा अर्कै हुने थियो कि भन्ने पारसलाई लागेको छ । आफूहरु दुईको जिम्मेवारी टिमका लागि बढी भए पनि सबैले राम्रो गरेको पारसले बताए ।यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले आफूले प्रदर्शनमा विगतको भन्दा सुधार गर्ने प्रयास गरेको र आउँदो खेलमा त्यसले निरन्तरता पाउने बताए । पारस र ज्ञानेन्द्र दुवैले आउँदो खेलमा राम्रो गर्ने र जित निकाल्ने ध्यानमा रहेको बताए ।

नेपालले आफ्नो पहिलो एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा शुक्रबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको खेलमा नेदरल्याण्ड्सले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याएको नेपालले १३४ रन मात्रै बनाउन सक्यो ।

तपाईको प्रतिक्रिया