Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – डेब्यू एकदिवसीय खेलमा नेपाललाई नेदरल्यान्ड्सले १ सय ९० रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्सको भिआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ४७.४ ओभरमा १ सय ८९ रनमा अलआउट भयो । नेदरल्यान्ड्सका लागि मिचेल रिप्पोनले ५१ रन जोडेका थिए । माइब्रुगले २९ रन र लिडीले ३० रनको योगदान दिए ।

नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरे । उनले  ४ विकेट लिए । सोमपाल कामीले ३ विकेट हात पारे। सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले समान १-१ विकेट हात पारे । सोमपालले ड्यानियल टेर ब्राकलाई १ रनमा बोल्ड गर्दै नेपाललाई तेस्रो ओभरमै सफलता दिलाए । सोमपाल नेपालका लागि एकदिवसीय खेलमा पहिलो विकेट लिने खेलाडी बने। कप्तान पारस खड्काले आठौं ओभरमा नेपाललाई दोस्रो सफलता दिलाएका थिए । उनले बेन कुपरलाई २० रनमा आउट गरेका थिए । १२ औं ओभरमा सन्दीपले माइब्रुगलाई २९ रनलमा बोल्ड गरेपछि खेलमा नेपाल हाबी बनेको थियो ।

१५ ओभरमा कप्तान पारस खड्काले नेपालका चौथो विकेट लिए । व्यक्तिगत दोस्रो विकेट लिने क्रममा पारसले बारेसीलाई १२ रनमा आउट गरे । नेदरल्यान्ड्सले ४ विकेट गुमाउदा ७२ रन जोडेको थियो।तर नेदरल्यान्ड्सले पाँचौ विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो ।  ३४ ओभरमा पाँचौ विकेट लिने क्रममा सोमपालले लिडीलाई ३० रनमा आउट गरेका थिए । ४ ओभरपछि बसन्तले नेदरल्यान्ड्सका कप्तान पिटर सीलारलाई ५ रनमा आउट गरे । ४० औं ओभरमा कप्तान पारसले २ विकेट लिएँ । उनले मिचेल रिप्पोनलाई ५१ तथा स्नटेरलाई शून्य रनमा आउट गरेका थिए ।

एकदिवसीय मान्यता हासिल गरेको साढे ४ महिनापछि नेपालले बुधबार एकदिवसीय खेलमा डेब्यू गरेको हो । नेदरल्यान्ड्सँग बुधबार खेलेपछि नेपाल औपचारिक रुपमा कान्छो एकदिवसीय टिम बन्न सफल भयो । गत चैत १ गते नेपाली क्रिकेट टिमले एकदिवसीय मान्यता हासिल गरेर इतिहासकै ठूलो सफलता हात पारेको थियो।

नेपालको पहिलो एकदिवसीय खेल्ने टिम 
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, अनिलकुमार साह (विकेटकिपर)  राष्ट्रिय टिममा परे पनि सुवास खकुरेल, रोहितकुमार पौडेल, ललित भण्डारी र ललित राजवंशीले पहिलो एकदिवसीय खेल्ने खेल्ने टिममा स्थान बनाउन सकेनन् ।

तपाईको प्रतिक्रिया