Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेदरल्याण्ड्सविरूद्ध बलिङ गरिरहेको छ । नेदरल्याण्डस्‌कै घरेलु मैदानमा टस हारेर पहिले बलिङ गरिरहेको नेपालले आठौं सफलता हात पारेको छ । नेपालका लागि कप्तान पारस खड्काले व्यक्तिगत चौथो विकेट लिएका छन् ।

यसअघि सोमपाल कामीले २ तथा  बसन्त रेग्मी र सन्दिप लामिछानेले १-१ विकेट लिए । सोमपाल कामीले खेलको तेस्रो ओभरमा डानिएल ब्राकको विकेट लिँदै नेपालको लागि पहिलो ओडिआई विकेट लिने खेलाडीको कीर्तिमान बनाए । ब्राकलाई १ रनमै गुमाएको डच टोलीका लागि माइवर्ग र कुपरले तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरे । कुपरलाई कप्तान पारसले एलबीडब्लु आउट पारेपछि नेपालले दोस्रो सफलता पायो ।

त्यसपछि माइवर्गलाई सन्दीपले बोल्ड आउट गरेका थिए । त्यसपछि वेस्ले बारेसीलाई पारसले आरिफ शेखको हातबाट क्याचआउट गराए । त्यसपछि डच टोलीका बास डे लिडलाई सोमपालले ३३.४ ओभरमा विकेट किपर अनिल साहको हातबाट आउट बनाए । पिटर सिलार ५ तथा माइकल रिप्पोन ४७ रन बनाएर खेलिरहेका छन् ।

तपाईको प्रतिक्रिया