Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले ३२ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १३५ रन बनाएको छ । शक्ति गौचनले ३१ औं ओभरमा मात्र ४ रन खर्चिए । उनले आफ्नो ३ ओभर बलिङ गर्दै ११ रन खर्चिएका छन् ।

नेदरल्यान्ड्सका मिचेल रिप्पोन ३५ रनमा र बास डे लिडे २८ रनमा खेलिरहेका छन् । यसअघि सन्दीप लामिछानेले स्टेफन मेबुर्घलाई २९ रनमा बोल्ड आउट गराएका थिए । त्यस्तै, कप्तान पारस खड्काले २ विकेट लिइ सकेका छन् । उनले नेदरल्यान्ड्सका वेस्लेय बरेसीलाई १२ रनमा आउट गराए भने बेन कोपरलाई २० रनमा एल्बीडब्लु आउट गराएका थिए । त्यस्तै, सोमपालले नेदरल्यान्ड्सका ड्यानियल टेर ब्राक १ रनमा आउट गराएका थिए ।

ऐतिहासिक एक दिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ निर्णय गरेसँगै नेपालले बलिङको निम्तो पाएको हो । एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेलमा प्रतिस्पर्धा गरिरहेको हो ।

तपाईको प्रतिक्रिया