काठमाडौं – नेदरल्यान्ड्ससँगको जारी खेलमा नेपालले चौँथो सफलता हात पारेको छ । १६ औं ओभर बलिङ गर्न आएका कप्तान पारस खड्काले नेदरल्यान्ड्सका वास्ले बारेसीलाई आरिफ शेखले क्याच आउट गरेका छन् ।
उनले आफ्नो पाचौं ओभर बलिङ गरेका खड्काले २ विकेट लिएका हुन् । यसअघि सन्दीप लामिछानेले स्टेफेन मेहेबुर्गालाई आउट गराएका थिए भने कप्तान पारस खड्काले बेन कोपरलाई एलबीडब्लु आउट गराए भने सोमपा कामीले ड्यानियल टेर ब्राक लाई आउट गराएका थिए ।