Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – विदेश पठाइदिने भन्दै ४२ लाख रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । कोरियाको कृषि फार्ममा राम्रो कामको अवसर छ भन्दै पाँच जनाबाट ४२ लाख रुपैयाँ ठग्ने सिन्धुलीका रामबहादुर थापा, मकवानपुरका दिनेश श्रेष्ठ र कल्पना ढुंगनालाई कपन र महाराजगञ्जबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णहरि शर्माले कोरियाका साथसाथै अष्ट्रेलिया, पोल्याण्ड, दक्षिण अफ्रिकालगायतका देशमा रोजगारीको राम्रो अवसर छ भनेर सर्वसाधारणलाई झुक्याएर पैसा लिने गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । उनीहरुका बारेमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया