Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले मेरिलेबोन क्रिकेट क्लबलाई ९ विकेटले जितेको छ ।

वर्षाका कारण ६ ओभरमा झारिएको खेलमा मेरिलेबोनले दिएको ४१ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४.४ ओभरमा ४१ रन बनाई पूरा गरेको थियो ।

नेपालका सुुवास खकुरेलले नट आउट १६ रन जोडे भने उप-कप्तान ज्ञानेन्द्र मल्ल पनि १२ रनमा नट आउट रहे ।

नेपालका लागि ओपनर अनिल साहले ९ रन बनाएर आउट भए । उनले ९ बलकाे सामना गर्दै २ चौका प्रहार पनि गरेका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले निर्धारित ६ ओभरमा ४ विकेटको क्षतिमा ४० रन बनाएको थियाे ।

तपाईको प्रतिक्रिया